प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल, रविमाथि छानबिन मोडालिटीको खोजी

प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल, रविमाथि छानबिन मोडालिटीको खोजी

काठमाडौँ । प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको हो । 

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकै पटक भेटवार्ता र छलफल भएको हो । तीन नेताबिच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको बुझिएको छ ।

सहकारी प्रकरणको छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेउपर कसरी अघि बढ्ने भन्नेमा दलहरुबीच विवाद छ । जसका कारण समितिले काम गर्न सकेको छैन ।