राजस्व चुहावट आरोपमा भारतीय नागरिकमाथि ११ करोडको मुद्दा, के हुन्छ सजाय?

राजस्व चुहावट आरोपमा भारतीय नागरिकमाथि ११ करोडको मुद्दा, के हुन्छ सजाय?

काठमाडौं नक्कली बिल तयार पारी राजस्व छलेको आरोप राजस्व अनुसन्धान विभागले तीन भारतीय नागरिकमाथि मुद्दा दायर गरेको छ । आयकर र मूल्य अभिवृद्धि कर गरी ११ करोड बिगो दाबी गरिएको छ ।

विभागले भारतीय नागरिक केशव बंशल, रामसुन्दर रायभर र राकेश पाण्डेयमाथि मुद्दा दायर गरेको हो।

नक्कली बिजकमात्र खरिद गरी कर छलेको अभियोग उनीहरुमाथि लगाइएको छ। विभागले उनीहरुमाथि ११ करोड १९ लाख ८४ हजार १६४ रुपैयाँ बिगोदाबी गरेको छ। राजस्व चुहावट तथा नियन्त्रण ऐन अनुसार दोषी ठहर भएमा बिगोको दोब्बरसम्म जरिवाना हुनेछ।

यस्तै, कसुरदारलाई तीन वर्षसम्म कैद सजाय हुनेछ। विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।