गृहमन्त्रीको सम्बोधनबारे कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष, थप घेराबन्दीका लागि विपक्षी दल छलफलमा

गृहमन्त्रीको सम्बोधनबारे कांग्रेसले निकाल्यो यस्तो निष्कर्ष, थप घेराबन्दीका लागि विपक्षी दल छलफलमा

काठमाडौं । नेपाली कांग्रेसले हिजोको संसद बैठकमा गृहमन्त्री रवि लामिछाने हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ ।

साथै गृहमन्त्री लामिछानेविरुद्ध थप रणनीति बनाउन विपक्षी दलहरुको बैठक संसद भवनमा बसिरहेको छ । आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न र लामिछानेविरुद्ध थप रणनीति तय गर्न बैठक बसेको हो ।  

कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत लिन नदिने विपक्षी दलहरुको तयारी छ ।