काठमाडौं : एउटा मान्छेले आफ्नो सन्तानलाई कति हदसम्म माया गर्न सक्छ ? यो प्रश्न धेरैका लागि अनुत्तरित हुन सक्छ । किनभने आफ्ना सन्तानको माया न त जोख्नु न त नाप्नु । त्यसो भए घरमा पालिएका जनावरलाई तपाई कति माया गर्न सक्नुहुन्छ । धेरै हदसम्म जनावरको स्याहार सुसार र खानकीको व्यवस्था । तर के तपाई कुकुर पाल्नकै लागि छोराछोरीलाई जस्तै बोर्डस राखेर महिनाको हजारौं रुपैँया तिर्न तयार हुनुहुन्छ ? तपाईहामीमध्ये यस्ता कमै हौँला जो कुकुरका लागि बोर्डसमा राखेभन्दा मंहगो खर्चन तयार छौं । अनि घरमा पालिएको गाईबाख्रा कुकुर कालगतिले मर्यो भने हामीलाई कति चोट पर्छ ? कति दिनसम्म या कति हदसम्म हामी त्यसको वियोगमा छटपटाउछौं ? यी प्रश्नको बारेमा तपाई सोच्दै गर्नुहोस् यो लेख यतिबेला आफ्नो सन्तानभन्दा बढी ख्याल गरेर खर्च गरेर हुकाईएको कुकुरको निधनमा अदालत गुहार्न आएकी दिपा विश्वकर्माको हो ।
दिपको कुरा भन्दा पहिला म तपाई ब्रुनो चिनाउँछु । ब्रुनो गोल्डेन रेटिभर जातको कुकुर थियो । जो यो संसारमा अहिले छैन् । ललितपुर ठगेनाकी ३२ बर्षिय दिपाको नजिकको कोही थियो भने ब्रुनो नै थियो । कुनै परिवारले आफ्ना साना बालबालिकाका लागि छुट्टै बेडरुम, आकर्षक बेड, खेलौना, कपडा, उसको रोजाईको खाना भन्दा कम थिएन नख्खुमा ब्रुनोका लागि दिपाले दिएको सेवा सुबिधा ।
दिपा ब्रुनोबिना खाना खाँदैनथिइन् न त अरु कुनै काम नै गर्थिन । समय बित्दै गयो । दिपाका लागि हङकङ जानैपर्ने बाध्यता आईलाग्यो । उनी ब्रुनोसँगै हङकङ जाने तयारीमा थिईन । तर नियमानुसार उनले ब्रुनोलाई सँगै लैजान नपाईने भएपछि उसको व्यवस्थापनका लागि डग होस्टेल खोजिन ।
काठमाडौको धोवीघाटमा रहेको ज्याक एण्ड उफ ग्याङमा ब्रुनोको हेरचाहका लागि नियमित पैसा तिर्नेगरी हङकङ उडेकी उनी अहिले कुकुर मरेको खबरसँगै न्याय माग्न नेपाल आएकी छन् । ब्रुनोलाई उचीत हेरचाह नपुगेकै कारण मरेको भन्ने पोष्टमार्टम रिपोर्टपछि अदालती मुद्धा लड्ने निधोमा पुगेकी उनी एउटा जनावरमाथी अन्याय भएको भन्दै हङकङदेखि काठमाडौं आएकी हुन् ।
ब्रुनोको निधन कि हत्या ?
८ महिनाअघि ब्रुनोको सम्पूर्ण खर्च बैंकबाट पठाउने सहमती गरेर उनी हङकङ उडेकी थिईन । ब्रुनोको हालखबर दिनहुँ सोध्ने गरेपनि उनले इन्टरनेट फोनमा ब्रुनोलाई प्रत्यक्ष देख्न पाएकी थिईनन् । “मैले कतिपटक ब्रुनोलाई हेर्छु भनेर भन्ने गर्थें । तर उहाँहरुले कहिले के बहाना कहिले के बहाना बनाएर उसलाई मैले देख्न पाउन्नथें ।” दिपले भनिन् । उनका नेपालमा भएका आफन्तलाई ब्रुनोलाई भेट्न जान र फोटो पठाउन अनुरोध गर्थिन । आफन्त भेट्न जाँदा पनि राम्रोसँग भेट्न नदिएको गुनासो छ उनको ।
ब्रुनो भेट्ने आफन्तले उसको अवस्था ठिक नभएको सुनाउथे । पछि संरक्षण केन्द्रका सञ्चालकसँग कुरा हुँदा उनले फोटो भएपनि मागिन् । फोटो त पाईन तर आफुले हृष्टपुष्ट छोडेको ब्रुनो निकै दुब्लाएको र बिरामीजस्तो । अनि अर्को कुरा कुकुर हेर्न जाने आफन्तलाई समेत कुरा लगाएको भन्दै संचालकले ठुलो स्वर गर्ने गर्थिन् ।
उनले दैनिक खर्चमात्र होइन, औषधीउपचार र अन्य खर्चको लागि थप पैसा समेत पठाउने गर्थिन । १५ हजारमा किनेर ल्याएको बु्रनोका लागि उनले मासिक त्यो भन्दा धेरै खर्च गरेकी थिइन् । किनकी ब्रुनो उनको कुकुर होईन जीवनकै अभिन्न अंग थियो साथी, आफन्त वा सन्तान जे भनेपनि । परिवारले उसको अवस्था विग्रेको बताएपनि उनी संरक्षण केन्द्रको भर परिन् । अविस्वास गर्दा झन ब्रुनोलाई अन्यथा भयो भने भन्ने डर दिपामा थियो । “मैले ब्रुनो त दुब्लाएछ पनि भन्दा उहाँहरुले आउ तिम्रो कुकुर लिएर जाउ, हामी हेर्न सक्दैनौं भन्नुहुन्थ्यो ।” दिपले सुनाईन,–“उहाँहरुले जो पायो त्यहि मान्छेलाई ब्रुनो भेट्न पठाएको भनेर रिसाउन थाल्नुभयो ।” दिपाले ब्रुनोको खबर सोध्दा सञ्चालकहरुले ठिक छ भनेर नियमित पैसा मात्र पठाउन भन्थें । पटक पटक दिपालाई उनिहरुले पुरानै तस्विर पठाएका थिए ब्रुनोको ।
मासिक १६ हजार र स्वास्थ्य उपचारका लागि नियमित छुट्टै पैसा पठाउँदै आएकी दिपालाई बु्रुनोको चिन्ताले यतिसम्म गाल्यो कि उनि नेपाल आएर ब्रुनोलाई हङकङ नै लैजाने निर्णयमा पुगिन् । अब त संरक्षण केन्द्रका सञ्चालकले दिपलाई ब्रुनो फटाहा छ, ठिक छैन्, कहिले सोफा च्यातिदियो कहिले चप्पल खायो भन्ने सुनाउन थाले । दिपालाई उनिहरुले लगाएको आरोप उनले चुपचाप सहनुको विकल्प थिएन ।
संरक्षकले सधैं ब्रुनो छुचो छ भन्न थालेपछि उनलाई ब्रुनोलाई अब त्यो संरक्षण केन्द्रबाट निकाल्न पाए हुन्थ्यो भन्ने लाग्यो । एकदिन मोबाईलमा ज्याक एण्ड उफ ग्याङका सञ्चालकको म्यासेज आयो । प्राय उनले कुरा गरेमात्र दोहोरो कुरा हुने सञ्चालकले एक्कासी गरेको म्यासेजले उनि छाँगाबाट खसेजस्तो भइन । “बु्रनो इज नो मोर” सञ्चालकको सिधा सिधा म्यासेज थियो । बु्रनो मर्यो भन्ने । उनलाई आफु बसेको ठाउँ भासिएको जस्तो लाग्यो । आफ्नै कोखको सन्तानजस्तो ब्रुनोलाई कसैले मर्यो भनेर भनेको थियो ।
जसलाई उनले ब्रुनोलाई बचाउन ख्याल गर्न भनेर नियमित पैसा पठाइरहिन उसैले मर्यो भन्ने खबर दिदाँ उनी बेहोसमै चिच्याउन कराउन थालिन् । “म कसरी त्यो दिन सम्हालिएँ के के गरें केही थाहा छैन् । मेरो जीवनको सबैभन्दा पिडाको दिन थियो ब्रुनोलाई गुमाउँदाको दिन ।” उनले भनिन् । ब्रुनोलाई मैले हेरचाहकै लागि भनेर यति गरेको थिएँ, बचाउन नसक्ने भए, किन जिम्मा लिएको ? पहिले नै ब्रुनो बिरामी हुँदा किन खबर गरेनन् ? यीनै अनुत्तरित प्रश्नसहित दिप ब्रुनो गुमाएको एक महिनामा नेपाल आईन । नेपाल आएर उनले ब्रुनोको डेथ पोष्मार्टम रिपोर्ट हेरिन रिर्पोटमा ब्रुनोको मृत्युको कारण प्रयाप्त खाना नपुगेको भनिएको छ ।
खाना नै नदिएर ब्रुनो मरेको पुष्टि भएपछि उनले अब ब्रुनोको न्यायको लागि लड्ने सोच बनाएकी छन् । घटनापछि उनले संरक्षकलाई माफी मगाईन र ब्रुनोको मृत्यु नभई हत्या भएको ठहर उनले गरेकी छन् । संरक्षकबाट उनले क्षतिपूर्ती मागिन् त्यो रकम उनले स्नेहा केयरमा रहेका अरु कुकुरका लागि सहयोग गरिन । कुकुर भएकै कारण ब्रुनोमाथी अन्याय भएको र खान नदिएर मारिएको उनको निष्कर्ष छ । दिपा अहिले ब्रुनोको न्यायका लागि छट्पटाइरहेकी छन् ।