रविले बोल्न नपाए कांग्रेसलाई पनि संसद‍्मा बोल्न नदिने ओलीको चेतावनी

रविले बोल्न नपाए कांग्रेसलाई पनि संसद‍्मा बोल्न नदिने ओलीको चेतावनी

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार खुस्कियो भनेर नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई चिथोरेको आरोप लगाएका छन् । साथै उनले अब नेपाली कांग्रेसलाई संसद‍्मा बोल्न नदिने चेतावनी समेत दिएका छन् । 

बुधवार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसदको महत्त्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद् सुचारु हुनुपर्ने बताए ।  अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै लामिछानेमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने पनि बताए ।

‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो’, ओलीले आक्रोश पोख्दै भने, ‘कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने ?’

उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने चेतावनी पनि दिए । ‘कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं,’ ओलीको भनाइ छ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद् अवरोध गरिरहेको छ ।