उपेन्द्र यादवलाई सरकारबाट हटाउने प्रचण्डको तयारी, राजीनामा दिन बोलाए आकस्मिक बैठक

उपेन्द्र यादवलाई सरकारबाट हटाउने प्रचण्डको तयारी, राजीनामा दिन बोलाए आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपाललाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले यादवलाई राजीनामा गर्न सन्देश पठाएको बताइएको छ । उनले राजीनामा नदिए बर्खास्त गरेर अशोक राईलाई सरकारमा भित्र्याउने प्रचण्डको तयारी छ । 

आज मधेस प्रदेश सरकारबाट फिर्ता हट्ने माओवादी निर्णयले यादव नैतिक संकटमा समेत परेका छन् । स्रोतका अनुसार उनलाई दबाब बढाउनकै लागि गठबन्धनले यो निर्णय लिएको हो ।

यादवले आजै पार्टीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने भएकाले उनले बैठक बोलाएका हुन् । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने समेत बुझिएको छ ।

उपेन्द्र बाहिरिएपछि जसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रचण्डको तयारी छ ।