बालेनप्रति संकेत गर्दै ओलीले भने– जथाभावी डोजर चलाएर समस्या समाधान हुँदैन

बालेनप्रति संकेत गर्दै ओलीले भने– जथाभावी डोजर चलाएर समस्या समाधान हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् । बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताए । उनले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताए । 

‘मैले परारको साल पनि भनेको थिएँ, सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर’, ओलीले प्रश्न गर्दै भने, ‘सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ?’ केही समयअघि काठमाडौँका सुकुम्वासी बस्तीमा मेयर बाले शाहले डोजर चलाएका थिए । 

उनले सुकुम्वासीलाई डोजर देखाउने नभई सुकुम्वासीका समस्या समाधान गर्नुपर्ने बताए । गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापन गर्न सकिने भन्दै यत्रो देशमा रहेका यति जनता व्यवस्थापन गर्न सकिने पनि बताए । उनले काठमडौँ उपत्यकामा ४८ सय घरपरिवारलाई घर बनाएर व्यवस्थापन गर्न सकिने भन्दै आवासको समस्या समाधान गर्न सकिने बताए ।