कच्चा  तेलको मूल्य ३ प्रतिशतले बढ्यो

कच्चा  तेलको मूल्य ३ प्रतिशतले बढ्यो

काठमाडौं । विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन शुक्रबार विश्वबजारमा कच्चा तेलको मूल्य तीन प्रतिशत बढेको छ । यससँगै बजारमा तेलको अभाव खड्किन सक्ने चिन्ता प्रकट हुन थालेको छ । 

शुक्रबार एसियामा कच्चा तेलको मूल्य ३ प्रतिशतले बढेको बीबीसीले जनाएको छ । यो वृद्धिसँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल झण्डै ९० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायल(इरान तनावसँगै मध्यपूर्वको तेल आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता छाएको छ । तेलजस्तै सुनको मूल्यले पनि नयाँ कीर्तिमान छोएर प्रति औंस २४ सय डलर पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । इरानको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलले इरानमाथि शुक्रबार मिसाइल प्रहार गरेको छ । यो सँगै  लगानीकर्ताहरू त्रसित बनेका छन् ।