आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको ज्यान गयो

आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको ज्यान गयो

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा आगो ताप्ने क्रममा निसासिएर गए राति सासू–बुहारीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा अमरगढी–१ मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरूको ज्यान गएको खुलेको छ ।

बेहोस अवस्थामा फेला परेका दुवै जनालाई घरपरिवार र आफन्तले आज बिहान अस्पताल पुर्‍याएका थिए । तर अस्पताल पुग्नसाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।