इच्छाराज तामाङलाई ३ वर्ष र श्रीमतीलाई डेढ वर्ष जेल सजाय, करिब ३ अर्ब जरिवाना

इच्छाराज तामाङलाई ३ वर्ष र श्रीमतीलाई डेढ वर्ष जेल सजाय, करिब ३ अर्ब जरिवाना

काठमाडौं । पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ ।

तामाङकी श्रीमती श्रीजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।

केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ ।

इच्छाराज तामाङ, श्रृजना र छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तथा केशव र मिना श्रेष्ठको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफत हुने फैसला गरिएपनि सिभिल सहकारीका निक्षेपकर्ताहरु पीडित रहेको कारण काठमाडौँ जिल्ला अदालतमा जारी ठगी मुद्दामा कसुर ठहर भएमा सो सम्पत्तिको पहिलो प्राथमिकता पीडितहरुलाई हुने समेत फैसलामा उल्लेख गरिएको छ ।