दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने प्रधानमन्त्री प्रचण्डको उद्घोष

दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने प्रधानमन्त्री प्रचण्डको उद्घोष

सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण  गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

यसअघि हिजो मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दरबार हत्याकाण्डमा पूर्व युवराज दीपेन्द्रको हात नरहेको ठोकुवा गरेका थिए ।