छोरीलाई बलात्कार गरेको देखेपछि छोराको हत्या, बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको देखेपछि छोराको हत्या, बाबु पक्राउ

काठमाडौं । सुर्खेतमा बहिनीको बलात्कार घटना प्रहरीसम्म पुर्‍याउने छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन् । आफ्नै बुवाले छोरीको बलात्कार गरेको भन्दै उनका छोरा उजुरी लिएर प्रहरीमा पुगेका थिए ।

आफूविरुद्ध उजुरी दिएको भन्दै ती व्यक्तिले छोराको समेत हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो । ती व्यक्तिलाई बिहीबार कैलालीको टीकापुरबाट पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

गएको सोमबार उनले धारिलो हतियार प्रहार गरेर छोराको हत्या गरेको खुलेको छ । ‘बलाकृत’ अछोरी समेत घाइते अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीका अनुसार, गएको असोजमा उनले आफ्नै १५ वर्षीया छोरी बलात्कार गरेको खुलेको छ ।