वर्तमान गठबन्धन लाभदायक देखिएन, पुन: कम्युनिष्ट एकताको प्रयास भइरहेको छ : माधव नेपाल

वर्तमान गठबन्धन लाभदायक देखिएन, पुन: कम्युनिष्ट एकताको प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  कम्युनिस्टलाई पुनः एकताबद्ध गर्ने प्रयास भइरहेको बताएका छन् । आज काठमाडौंको साँखुमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल नभएकोले सोच्नुपर्ने अवस्था आएको दाबी गरे । 

साथै उनले अव आफ्नै शक्तिमा चूनावमा जित्ने गरि तयारी गर्नुपर्ने पनि बताए । उनले सिंगो मुलुकको बिकासको खाका आफ्नो पार्टीले तयार गरेको भन्दै नेता कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उल्लेख गरे । 

अध्यक्ष नेपालले सातैवटा प्रदेशमा पार्टीको अस्तीत्व देखिएको र अव पालीकामा अस्तीत्व देखिने गरि संगठन विस्तार गर्नुपर्ने धारणा राखे । उनले यसअघि कम्युनिष्ट दलहरु बहुमतको नजिक पुगेपनि त्यसलाई जोगाउन नसकिएकामा दुख प्रकट गरे ।