टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो ।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन ।
महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले मतदानको सम्भावना बढेर गएको छ ।