बरहथवा घटनामा आन्दोलतरत पक्ष र प्रशानसबचि ११ बुँदे सहमति

बरहथवा घटनामा आन्दोलतरत पक्ष र प्रशानसबचि ११ बुँदे सहमति

काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको परिवार र प्रशासनबीच सहमति भएको छ । आइतबार आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

सहमति अनुसार गृह मन्त्रालयले गठन गरेको समितिलाई सबै पक्षले निष्पक्ष छानबिनका लागि सहयोग गर्ने, पीडित परिवारको एकजना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने छ ।

यसैगरी बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेस सरकारलाई हस्तान्तरण गर्ने, त्यस अस्पतालको नाम जयशंकर साहको नामबाट नामकरण गर्ने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक साहको सालिक स्थापना गर्ने सहमति भएको छ ।

यस्तै, दोषी प्रहरी कर्मचारीलाई छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने, मृतकलाई सहिद घोषणा गर्ने प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने सहमति भएको छ ।