एक महिनापछि स्वीकृत भयो हरिबोलको राजीनामा

एक महिनापछि स्वीकृत भयो हरिबोलको राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । 

मंसिर २० गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेलले मंसिर २० गते राजीनामा दिएका थिए । उनको राजीनामा होल्डमा राखिएको थियो ।