बालकुमारी घटनामा पक्राउ परेका सबै युवा रिहा

बालकुमारी घटनामा पक्राउ परेका सबै युवा रिहा

काठमाडौं । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ ।

प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको जानकारी दिए । शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो । शनिबार साँझसम्म सबैलाई छाडिएको डिआइजी कडायतले जानकारी दिए । घटनामा दुई जनाको मृत्यु भएको थियो ।

 मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साह छन्। उनीहरूको परिवारलाई सरकारले १०÷१० लाख दिने निर्णय गरेको छ  । घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ ।