मृतकका परिवार बालुवाटारमा, के भने प्रधानमन्त्रीले ?

मृतकका परिवार बालुवाटारमा, के भने प्रधानमन्त्रीले ?

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रदर्शनमा मारिएका दुई युवाका परिवार बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले मृतकका परिवारसँग  द्धटनाको निष्पक्ष छानविन गर्ने बताएका छन् । 

आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।आजै सरकारले मृतकको परिवारलाई राहत स्वरुप जनही १‍०र १० लाख दिने निर्णय गरेको छ ।