मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय

मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’

सागथै सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको छ ।

यस्तै बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेको पनि उनले जानकारी दिइन् ।