अधिकार नदिने भए संघीयता खारेज गरौं : शेखर

अधिकार नदिने भए संघीयता खारेज गरौं : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार मोरङको बुढीगंगा गाँउपालिका-२ स्थित लीलाभक्त राम आधारभूत विद्यालयको दुई कोठे भवनको उद्घाटन गर्दै उनले राजनैतिक दलका नेताहरूको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षताबारे जनताले आक्रोश व्यक्त गरिरहेको बताए ।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको टिप्पणी गरे । उद्योगहरू बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र ट्रंक लाइन विवादबारे छिटो निर्क्यौलमा पुग्न आग्रह गरे ।

२०६४ सालमा स्थापना गरिएको सो आधारभूत विद्यालयमा ३ सय दलित र सुकुमबासी परिवारका ३ सय ७५ जना बालबालिकाहरू अध्ययनरत छन । बुढीगंगा गाँउपालिकाको करिब १८ लाख सहयोगमा दुई कोठे भवन निर्माण गरिएको हो ।