काठमाडौं । सीप बिल्डिङमा फेल भएकाहरूलाई ईपीएस कोरियाका लागि फाराम भर्न दिने विषयमा छलफल सुरु भएको छ । उच्च अदालत पाटनको आदेशपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा ईपीएस कोरिया शाखाले छलफल थालेको हो ।
कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले अदालतको आदेश पाएपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा एचआरडी कोरियासँग छलफल गरिने बताए । हालै खुलेको उत्पादनमूलक क्षेत्रका लागि यसअघि सीप विल्डिङको परीक्षामा आवेदन दिएर फेल भएकाहरूले सहभागी हुन नपाउने भन्ने थियो । त्यसको विरोधमा उनीहरू विरोध प्रदर्शन गर्नुका साथै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । बिहीबार उच्च अदालतले उनीहरूलाई पनि आवेदन फाराम भर्न दिन आदेश दिएको थियो ।
उत्पादनमूलक क्षेत्रका लागि फाराम भर्ने म्याद आज राति १२ बजेसम्म मात्र छ । हिजो मात्रै अदालतको आदेश आएपछि अब कसरी उनीहरूलाई फाराम भर्न दिने विषयमा छलफल गरिने निर्देशक सुवेदीले बताए ।
झअदालतको आदेश हात परेपछि छलफल गर्छाैँ। यसमा पछि उनीहरूलाई मात्रै भर्न दिने गरि आवेदन खुला गर्न सकिन्छ । त्यसमा छलफल गरेर निर्णय गर्छाै, सुवेदीले भने।