कांग्रेसका बालकृष्णलाई रिहाको निर्णय भएकै दिन एमालेका कोइरीलाई सफाइ

कांग्रेसका बालकृष्णलाई रिहाको निर्णय भएकै दिन एमालेका कोइरीलाई सफाइ

काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ  पाएका छन् भने सात जनालाई जन्मकैदको आदेश सुनाएको छ । महोत्तरी जिल्ला अदालतले बिहीबार यस्तो आदेश जारी गरेको हो ।

कोइरीलाई सफाइ दिएको छ भने प्रदीप साह माझी, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले यस्तो आदेश दिएको हो ।

२०७२ भदौमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो । सोही हत्या प्रकरणमा आरोप लागेका १९ जना अहिले पनि फरार रहेका छन् ।

यता उच्च अदालत पाटनले आजै कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ ।