कोरियन वनको भाउ घट्यो

काठमाडौं : मंगलबार कोरियन वनको भाउ केही घटेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा रहेको थियो ।

यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ २१ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा थियो ।वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा पुगेको छ । सोमबार यसको १ सयको खरिददर ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २२ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ०७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३३ पैसा रहेको थियो ।