नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ

नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुङ्गाबाट दुई किलो सुनसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् ।रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।