काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको थुनछेक पुनरावेदनको सुनुवाइ गर्न पाटन उच्च अदालतले मंसिर २८ गतेलाई पेशी तोकेको छ ।
गत मंसिर १४ गते भएको सुनुवाईमा न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकहाँ पठाउने आदेश भएको थियो । अब एकल इजलासले आदेश गर्ने छ ।
यसअघि न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटीमा छाड्ने राय दिएका थिए भने इजलासकै अर्का न्यायाधीश प्रकाश खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए ।