मन्त्रिपरिषद् हेरफेरबारे दुबईबाट फर्केपछि के भने प्रचण्डले ?

मन्त्रिपरिषद् हेरफेरबारे दुबईबाट फर्केपछि के भने प्रचण्डले ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा तत्काल कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् ।

यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारमाझ उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्रीलाई पत्रकारले नेपाल फर्किनेबित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि भनेर सोधेका थिए । उक्त चर्चालाई प्रधानमन्त्रीले खारेज गरे ।

उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’ प्रधानमन्त्रीले आफ्नो यूएई भ्रमण अभूतपूर्व सफल भएको र नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरे ।