काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउन सक्ने सम्भावना रहेको छ । पाटन उच्च अदालतमा काठमाडौं जिल्ला अदालत काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथि बहस गत सातादेखि जारी रहेको छ ।
मङ्गलवार नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएको छ । हिजैबाट सरकारी वकिलले बहस जारी राखेका छन् । सरकारी वकिलको बहस सकिएपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।
काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।