स्वर्णिम वाग्लेलाई रास्वपाको उपसभापति !

स्वर्णिम वाग्लेलाई रास्वपाको उपसभापति !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ । महोत्तरीको गौशालामा जारी बैठकबाट अर्थविद् डा वाग्ले उपसभापति हुने सभापति लामिछानेको ‘कोर टिम’का सदस्यले बताएका छन् । 

“अहिलेसम्म प्रस्ताव भइसकेको छैन । तर, आजकै बैठकमा प्रस्ताव जान्छ,” ती सदस्यले भने, “उहाँलाई पार्टीको उपसभापति बनाउन लागिएको हो ।”  उनले वाग्लेबाहेक अन्य पनि पदाधिकारी थप हुनसक्ने बताए । 

बैठक सोमबारदेखि जारी भएपनि सभापति लामिछानेको कोर टिमबाहेकका पदाधिकारी र सदस्यहरू भने वाग्लेलाई उपसभापति बनाउने विषयमा जानकार छैनन् । उनले पार्टीमा प्रस्ताव नहुँदै मिडियामा आएका समाचारले दबाब सृजना गरेजस्तो देखिएको बताए ।