नवलपरासी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिने बताएका छन् । देउवाले राजतन्त्र भने कुनैपनि हालतमा नफर्किने दाबी गरे। नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन,’ उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी हामिलाई मान्य छैन ।’
सम्मेलनमा बोल्दै देउवाले धर्मनिरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्रको विकल्प नभएको बताए । पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न देउवाले कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए ।