झापामा आफ्नो पक्षमा माहौल देखेपछि पूर्व राजा मक्ख, लिङ्देनलाई ढाप

झापामा आफ्नो पक्षमा माहौल देखेपछि पूर्व राजा मक्ख, लिङ्देनलाई ढाप

झापा । पूर्व राजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

पूर्व राजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण गर्न जाँदा पूर्व राजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै एक किलोमिटर पैदल यात्रा गरेका थिए ।

पूर्वराजाका समर्थकहरुले मोटरसाइकल र्‍याली निकालेका थिए । पूर्वराजाको पैदल यात्रामा सहभागीहरुले राजा र राजतन्त्रको समर्थनमा नाराबाजी गरेका थिए । आफ्नो पक्षमा माहौल देखिएपछि उनी मक्ख देखिएका थिए । माहौल बनाउन खटिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि उनले सँगै लिएर यात्रा गरेका थिए । 

पैदल यात्रामा पूर्वराजालाई साथ दिन हजारौँको सङ्ख्यामा सर्वसाधारण, राप्रपाका कार्यकर्ता, शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।