काठमाडौँको प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्रको बेवास्था, झापा प्रस्थान गरेपछि दुर्गा प्रसाईं रुष्ट

काठमाडौँको प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्रको बेवास्था, झापा प्रस्थान गरेपछि दुर्गा प्रसाईं रुष्ट

काठमाडौं । काठमाडौँमा आफ्नो पक्षमा भइरहेको प्रदर्शनको बेवास्था गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह  झापा प्रस्थान गरेका छन् । उनी बुद्ध एयरको जहाजबाट आज दिउँसो झापा हिँडेका हुन् । यता काठमाडौँमा भएको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं पूर्वराजाले बेवास्था गरेपछि रुष्ट बनेका छन् । 

झापामा पूर्वराजाको भ्रमण सफल र भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तयारी गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । दुर्गा प्रसाईंले काठमाडौंमा हजारौं मान्छे उतारेपछि राप्रपाका लागि पूर्वराजाको भ्रमण विशेष बनाउनुपर्ने चुनौति छ ।

पूर्वराजा ज्ञानेन्द्र आज झापामा उत्रेर मेचीनगर रिसोर्टमा बास बस्नेछन् । भोलि धुलाबारी नजिकै निन्जाखोलाको पुल वारीबाट विशाल मोटरसाइकल र्यालीको तयारी गरिएको छ । र्‍यालीमा कम्तिमा ७ हजार मोटरसाइकल उतार्ने दावी गरिएको छ । यो मोटरसाइकल र्‍याली १२ किलोमिटर यात्रा गर्दे बिर्तामोड पुग्नेछ ।