आज कस्तो रहन्छ मौसम ?

आज कस्तो रहन्छ मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा  आंशिक बदली रही  बाँकी भू–भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहेको छ । 

दिउँसोː 
सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा  आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूर–पश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः 
देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूर–पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरु र बांकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।