कस्तो रहन्छ आजको मौसम ?

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखी  सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसोː  
देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही  र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

रातीः   
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।