काठमाडौं । वरिष्ठ मनोरोग विशेषज्ञ एवं मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले पछिल्लो समय नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले परिवारबाटै यसको निराकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर नेपाल डिस्ट्रिक अफ अप्टीमिस्ट ईन्टरनेशनलको क्यालेन्डर अनुसार अप्टीमिस्ट कल्ब अफ एरियावान काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले समाजमा विद्यमान मानसिक रोगसम्बन्धी समस्या र त्यसको निराकरणको उपायबारे जानकारी दिए । कांग्रेस बागमती प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले प्रदेश सरकारको तर्फबाट मानसिक स्वास्थ्यका लागि आवश्यकताअनुसार नीति–नियमका साथै उपचार सुविधामा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै अप्टीमिस्ट नेपाल डिस्ट्रिक गर्भनर प्रकाश घिमिरेले अप्टीमिस्ट क्लब मार्फत् मानसिक रोग निराकरणका लागि प्रत्येक क्लबमा गाउँ–गाउँमा भूमि खेल्ने बताए ।
क्लबका अध्यक्ष एवं चलचित्र निर्देशक सुनील पाण्डेले मानसिक रोग अन्य रोगजस्तै भएको, समयमै उपचार गरेको अवस्थामा रोगको प्रकृतिअनुरूप निपन्त्रणमा राख्न सकिने र कतिपय रोग पूर्ण रूपले निर्मूल गर्न सकिने बताए । विश्व मानसिक स्वास्थ्य दिवस क्लबले सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।