काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको थियो । सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
शनिवार प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।