काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ ।
हेर्नुहोस्, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान
२०८० असोज १९ गते (शुक्रबार)
दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०८० असोज २० गते (शनिबार)
दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०८० असोज २१ गते (आइतबार)
दिउँसोः देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।