आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । परीक्षा र पढाईमा राम्रै सफलता मिल्ला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रनसक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
तपाईंको आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन् । स्वास्थ्य संवेदनशील रहने देखिन्छ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । सेयरबजारबाट पनि लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल