आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तर–प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ ।

दिउँसोः 
देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

रातीः 
कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।