काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ ।
हाल देशका सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
दिउँसोः
देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातीः
देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।