काठमाडौं । अप्टीमिष्ट इन्टरनेशनल नेपाल डिस्ट्रिक्टको दोस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न अधिवेशनले बर्ष २०२३–२४ को लागि २५ सदस्यिय कार्यसमिति छानिएको र निवर्तमान गभर्नर स्वत कार्यसमिति सदस्य हुने ब्यबस्था रहेकोले २६ सदस्यीय बोर्ड हुने कुरा निर्वाचन समितिका संयोजक ऋषिश्वर थपलियाले जानकारी दिए ।
अधिवेशनबाट २०२४ को लागि गभर्नर प्रकाश घिमिरे , निवर्तमान गभर्नर पृथ्वीराज थापा, गभर्नर ईलेक्ट केशव काफ्ले, डिपुटि गभर्नर शरद चन्द्र भट्टराई, महासचिव प्रताप बहादुर थापा, कोषाध्यक्ष निशान्त आचार्य, लेफ्टिनेन्ट गभर्नर जोन १ बाट अनिल बहादुर शाही २ बाट ऋषिश्वर थपलिया, ३ बाट राधा देवी बोहरा , ४ बाट भबिष्य कुमार मिश्र ,५ बाट सुरेन्द्र थापा, ६ बाट मान बहादुर बस्नेत त्यस्तै पार्लियमेन्टरियन रिना श्रेष्ठ , सार्जन एट आर्म्स ओम प्रसाद चौलागाईं छानिनु भएको छ । त्यस्तै निर्देशकहरूमा जोन १ बाट अन्जलि श्रेष्ठ रन्जित, यमुना कुमारी सापकोटा २ बाट गुणराज थपलिया ,शालिकराम ढकाल, ३ बाट सन्ध्या रिजाल ,पारस मणि दाहाल ,४ बाट बिभस कुमार कर्ण ,प्रभास राजबँशी, ५ बाट विजय कुमार सत्याल, ईश्वरी प्रसाद खनाल ६ बाट दिपेश शर्मा ,कृष्णप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र मामिला सल्लाहकार तथा बेलायत र अमेरिकाको लागि नेपालका राजदूत रहेका डा.सुरेश चन्दा चालिसेले अधिवेशनको समुद्घाटन गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिलका वडा नं.२ का वडाध्यक्ष बिष्णुगोपाल महर्जन, किवानिज ईन्टर्नेशनलका गभर्नर लक्ष्मण लम्साल , नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल , एन प्याब्सनका महासचिव पारसमणी दाहाल, प्याब्सनका बागमती प्रदेश प्रमुख केशवलाल श्रेष्ठ, र रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल शुभकामना मन्तव्य राखेका थिए ।
दुई दिनसम्म अप्टिमिष्ट क्लब अफ हेटौडाको आतिथ्यतामा चलेको कार्यक्रम नमस्ते ख्वःप राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।