आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल  भारतको दक्षिण–पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग  सहित  हल्का वर्षा भइरहेको छ ।

दिउँसोः

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका  केही  स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग  सहित  भारी  वर्षाको  समेत सम्भावना  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

रातीः

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।