आज यी जिल्लामा चट्याङसहित वर्षाको सम्भावना...

आज यी जिल्लामा चट्याङसहित वर्षाको सम्भावना...

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल  भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक–दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भइरहेको छ ।

दिउँसोः 
देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

रातीः  
देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।