सेयर उकालो लाग्यो , लगानीकर्ता उत्साहित

सेयर  उकालो लाग्यो , लगानीकर्ता उत्साहित

काठमाडौँ : सेयर बजारको परिसूचक नेप्से १३.७७ अङ्कले बढेको छ। आजको कारोबारपछि परिसूचक ११४५.७७ कायम भएको छ। कुल १सय ६३ कम्पनीको ५४ करोड ९९ लाख ९८ हजार २ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

लगातार ओरोलो लागेको शेयर बजार उकालो लागेपछि लगानीकर्ता उत्साहित बनेका छन् । आज हिमालयन डिस्टिलरीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् भने एनआइविएल समृद्धि फन्डका लगानीकर्ताले ५.७८ गुमाएका छन् ।

मर्जरपछि कारोबार सुरु गरेको एनएम्वी बैँकले आज पनि सबैभन्दा बढी रकम कारोबार गरेको छ ।