आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ । साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

दिउँसोः  
सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा  आंशिक  देखि  सामान्य  बदली  रहनेछ ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन÷चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । सुदूरपश्चिम प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ ।   

रातीः  
देशभर आंशिक  देखि सामान्य  बदली  रहनेछ । लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन÷चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । साथै लुम्बिनी र  सुदूर–पश्चिम  प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ ।