काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसोः
देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातीः
देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।