आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । सफल यात्राको योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार नपाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल