यस्तो छ आजको मौसम पूर्वानुमान...

यस्तो छ आजको मौसम पूर्वानुमान...

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा  रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसोः 
आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

रातीः 
त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी प्रदेश लगायत पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।