एक साता अघि नै मेयर बालेनलाई पुत्रीलाभ

एक साता अघि नै मेयर बालेनलाई पुत्रीलाभ

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ । आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी हुन् । तर, जन्मपछि दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल निकट स्रोतले जनाएको छ । यस्तै अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतको भनाइ छ । बच्चा अस्पतालमै रहेपनि सविना भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी छन् । बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ ।  

मेडिसिटी अस्पताल स्रोतले सविनाको एक साताअघि नै डेलिभरी भएको पुष्टि गर्यो । ‘उहाँ डेलिभरी भएको एक साता भइसक्यो । हामीलाई उहाँहरुले बाहिर केही नलैजानु भन्नुभएकाले धेरै भन्न मिल्दैन’, मेडिसिटीका एक अधिकारीले भने, ‘बच्चा अस्पतालमै छ । सबिनाजीको पनि दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ ।’