काठमाडौं । किवानिज इन्टरनेशनल नेपालको पाचौं डिष्ट्रिक्ट कन्भेन्सन अगष्टको २५ र २६ मा भैरहवामा हुदैं छ । सन् २०१५ देखि विश्व प्रसिद्ध सामाजिक संस्था किवानिज् इन्टरनेशनल, नेपालमा पनि आधिकारीक रुपमा सुरुवात भएको थियो र किवानिज इन्टरनेशनललाई नेपालमा ल्याइ सामाजिक कार्यहरु गर्न र गराउन वर्तमान गभर्नर श्री लक्ष्मण लम्साल र तत्कालिन गर्भनर एकराज पन्तको विशेष योगदान रहेको थियो । यो विशेष पाचौं डिष्ट्रिक्ट कन्भेन्सनको संयोजन गर्भनर स्वयंम गर्दैछन् भने होष्ट क्लब रुपन्देही लुम्विनी र कन्भेसन होष्ट कल्ब संयोजक अमन श्रेष्ठ छन् । कार्यक्रम तयारीलाई तिब्र पारिएको कुरा गभर्नर तथा संयोजक लम्सालले जानकारी दिए ।
छोटो अवधिमा धेरै सदस्यहरु आवद्धता गराउदै धेरै भन्दा धेरै सामाजिक कार्यहरु गर्दै विश्वव्यापी रुपमा चिनाई किवानिज् इन्टरनेशनलको विशेष जिल्ला वनेकोले किवानिज नेपाल डिष्ट्रिक किवानिज् इन्टरनेशनको विशेष चासो र प्राथमिकतामा परेको छ र यस कार्यक्रमा विशेष अथितिको रुपमा किवानिज् एसिया प्यासिफक रिजन चेयर वेला ग्रासिया पनि आउँदै छन् । प्रमुख अतिथिको रुपमा लुम्विनी प्रदेश मुख्यमन्त्री डिल्ली वहादुर चौधरीको उपस्थिति रहनेछ । यस पाचौं डिष्टिक कन्भेसनमा ३५० देखि ५०० सम्म किवानिस सदस्य प्रतिनिधिहरुको उपस्थिति रहने कुरा कार्यक्रम संयोजकले जानकारी दिए ।
सय कन्भेसनले पर्यटकिय क्षेत्र लुम्विनिमा आन्तिरक पर्यटन बृद्धिमा पनि विशेष योगदान रहने विश्वास गरीएको छ । कन्भेसन होटल बोधि रेडसन् भैरहवामा हुन गइरहेको छ ।