काठमाडौँ । ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राजश्व अनुसन्धान विभागसहित सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न थालिएको हो ।
यसअघि हिजो ब्रेक प्याडबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्टाइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।